बुटवल ।
रूपन्देहीको शुद्धोधन गाउँपालिकाले नाम संशोधन र पालिकाको दीर्घकालीन सोच परिवर्तन गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले स्थापनाका समयमा पालिकाको नाम भगवान् गौतमबुद्धका पिता शुद्धोधनका नाममा नामकरण गर्ने निर्णय गरेको थियो । तर, नाममा व्याकरणीय अशुद्धता रहेको भन्दै नाम परिवर्तन गरी ‘शुद्धोदन’ राख्ने निर्णय गरेको हो । यसअघि चलनचल्तीमा पालिकाको नाम शुद्धोधन लेख्ने गरिएको थियो ।
गाउँपालिकाको १७ औं अधिवेशनको तेस्रो बैठकले नाम र पालिकाको दीर्घकालीन सोच परिवर्तन गर्ने निर्णय सर्वसम्मतले पारित गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्तीले बताए ।