गृहपृष्ठ Featured लुम्बिनी साँस्कृतिकमा प्रस्तावित प्रशासनिक भवन निर्माणबारे सार्वजनिक सुनुवाई कार्यक्रम

लुम्बिनी साँस्कृतिकमा प्रस्तावित प्रशासनिक भवन निर्माणबारे सार्वजनिक सुनुवाई कार्यक्रम

प्रकाशित मिति:

वैखरी अनलाईन, लुम्बिनी ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रस्तावित प्रशासनिक भवन निर्माण स्थलको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । उक्त आयोजनाबाट पर्न सक्ने सकरात्मक नकरात्मक प्रभावबारे स्थानीय र सरोकारवलाहरुको राय, सुझाव सकलन गर्न सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले जानकारी दिईन् ।

उनले कार्यक्रममा स्थानीयहरुको सकारात्मक सुझावहरु प्राप्त भएको बताईन् । उनले भवन निर्माणको काम विभिन्न प्रक्रिया पुरा गरि तीब्र गतिमा अघि बढाउने तयारी रहेको बताईन् ।

नगर प्रमुख सजरुद्दिन मुसलमानलले आफ्नो कार्यकालमै भवनको निर्माण कार्य सम्पन्न गर्ने तयारी रहेको बताए । नगरको आफ्नै भवनबाट सेवा दिन नगरपालिका आतुर रहेको उनले बताए ।

नगर उपप्रमुख कल्पना हरिजनले नयाँ प्रशासनिक भवन बनेपछि सेवाग्राहीलाई थप गुणस्तरिय सेवा प्रवाह गर्न सहज हुने बताईन् ।

उक्त कार्यक्रममा वडा अध्यक्ष, नगरका कर्मचारी, स्थानीय तथा सरोकारवलाहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार