गृहपृष्ठ Featured रोल्पामा सुन्तला बोकेको बोलेरो जीप दुर्घटना : एक जनाको मृत्यु, ३ घाइते

रोल्पामा सुन्तला बोकेको बोलेरो जीप दुर्घटना : एक जनाको मृत्यु, ३ घाइते

प्रकाशित मिति:

रुपन्देही ।

रोल्पामा सुन्तला बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

रोल्पाको माडी गाउँपालिका १ पेँदिखोलादेखि सुन्तला बोकेर दाङको तुलसीपुर आउँदै गरेको रा १ च ८६८७ नम्बरको पिकअप त्रिवेणी ४ मथुरापानीमा दुर्घटना भएको त्यहाँस्थित पत्रकार अमृत वलीले जानकारी दिएका छन् ।

दुर्घटनामा परेर चालक माडी १ भितावाङ घर भएका २० वर्षीय हुकुमबहादुर घर्तीको घटनास्थलमै मृत्यु भएको छ । उकालोमा ब्रेक फेल भएर सहचालक बाहिर झरेको बेला सो गाडी दुर्घटनामा परेको हो । घटनामा परेर त्यही गाडीमा रहेका ३ जना छात्रा गम्भीर घाइते भएका छन् ।

त्रिवेणी ४ की १४ वर्षीय दिलमाया घर्ती, वर्ष १२ की रमिता मगर त्रिवेणी २ की ११ वर्षीय करुणा बुढामगर गम्भीर घाइते भएको वलीले जनाए ।

उनीहरुलाई उपचारका लागि तुलसीपुर पठाइएको छ । सहचालक शालिकराम केसीका अनुसार गाडीमा १८ क्वीन्टल सुन्तला रहेका थिए ।

सम्बन्धित् समाचार