गृहपृष्ठ Featured तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै दुर्घटनाको जोखिम बढ्यो

तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै दुर्घटनाको जोखिम बढ्यो

प्रकाशित मिति:

गुल्मी ।

गुल्मी जिल्लाको मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै दुर्घटनाको जोखिम बढेको छ ।

जिल्ला सदरमुकाम तम्घास भित्रिने सडकको तम्घास–छल्दी खण्डका विभिन्न जोखि घुम्तीमै सडक भत्किएको छ । कालोपत्रे सडक भत्किएको लामो समयसम्म पनि मर्मतमा गरिएको छैन ।

यो सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर, अहिले विभिन्न ठाउँमा सडक भत्किएर जोखिम बढेको छ । कालोपत्रे भएको ५ वर्ष पनि नबित्दै भत्किएको हो ।

समयमै सडक हस्तान्तरण र मर्मत नहुँदा सडक जीर्ण बन्दै गएको छ । कालोपत्रे सडकको जोखिमपूर्ण ठाउँमै भत्किन थालेसँगै राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधनहरुले सास्ती खेप्दै आएका छन् ।

बिरामीहरु लिएर रातको समय हिँड्दा निकै जोखिम बढ्दै गएको सवारी चालक प्रदीप जिसीले बताए । उनले मुख्य राजमार्गका यस्तो अवस्था भएको लामो समय बित्दा समेतसम्बन्धित निकायको ध्यान नजानु दुःखद् पक्ष रहेको बताए । सडक जीर्ण बन्दै जान थालेपछि साना सवारी सधानहरुलाई समस्या पर्दै गएको अटो चालक केशव कुँवरले बताए ।

सम्बन्धित् समाचार