गृहपृष्ठ Featured ‘बोनम्यारो’ बाट पिडित बाणगंगाकी ६ वर्षीया माहिराको उपचारका लागि ३० हजार सहयोग

‘बोनम्यारो’ बाट पिडित बाणगंगाकी ६ वर्षीया माहिराको उपचारका लागि ३० हजार सहयोग

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

‘बोनम्यारो’ बाट पिडित कपिलवस्तुको बाणगंगा नगरपालिका– ९ भर्तापुरकी ६ वर्षीया बालिका माहिरा विश्वकर्माको उपचारका लागि बुहारी ग्रुप अफ लुम्बिनी प्रदेशले आर्थिक सहयोग गरेको छ । सोमबार माहिराकै घरमा पुगेर नगद ३० हजार ९ सय ५० रुपैयाँ आर्थिक सहयोग गरिएको बुहारी ग्रुप अफ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष अनिता बन्जाडेले जानकारी दिईन् ।

माहिराको उपचारका लागि आर्थिक अभाव भएको भन्ने खबर पाएपछि आफुहरुले आर्थिक रकम संकलन गरि सहयोग गरेको उनले बताईन् । सेवा नै धर्म भएको भन्दै उनले अन्य सबैलाई समेत आर्थिक सहयोग गरि ६ वर्षीय बालिकाको जीवन रक्षा गर्ने अभियानमा जोडिन आग्रह गरिन् ।

’बोनम्यारो’ क्यान्सरबाट पिडित माहिराको हाल काठमाण्डौस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । बिगत ६ महिनादेखि विभिन्न अस्पतालहरुमा उपचार गर्दा पनि रोग निको नभएपछि हाल पाटन अस्पताल काठमाडौंमा उपचार भइरहेको माहिराको पारिवारिक स्रोतले जनाएको छ ।

माहिराको उक्त रोगको उपचारका क्रममा हालसम्म ३० लाख भन्दा धेरै रकम खर्च भएको र पारिवारिक स्थिति थप जटिल बन्दै जाँदा उनको उपचारमा समस्या भएको हो ।

सम्बन्धित् समाचार