गृहपृष्ठ Featured मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ः उपाध्यक्ष घिमिरे

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ः उपाध्यक्ष घिमिरे

प्रकाशित मिति:

वैखरी अनलाइन, काठमाण्डौँ ।
राष्ट्रीय सभा उपाध्यक्ष बिमला घिमिरेले मौलीकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने बताउनु भएको छ । माघे संक्रान्ति र माघी पर्वका अवसरमा शुभकामना दिदै उपाध्यक्ष घिमिरेले सबै मिलेर मौलिकता जोगाउन आवश्यक रहेको बताउनु भएको हो ।

माघे संक्रान्तिको अवसरमा एक बिज्ञप्ती निकाल्दै उपाध्यक्षले नेपाली पनको रक्षाका लागी नेपालीहरुका मौलिक पर्व जोगाइ रहन आवश्यक रहेको बिज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

उहाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त सुन्दर मुलुक रहेको उल्लेख गर्दै नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको बताउनु भएको छ ।

शुभकामना सन्देश यस्तो छ ।

सम्बन्धित् समाचार