गृहपृष्ठ Featured आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति:

हाल देशमा पश्चिमी  न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया  सफा रहेको छ भने तराईका केही भू-भागमा हुस्सु /कुहिरो लागेको अवस्था छ।

बुधबार दिउँसो पनि देशभर मौसम आंशिक बदलीदखि मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाको छ।

बुधबार राति भने लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ।

 

 

राति नै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै र बाँकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

सम्बन्धित् समाचार