गृहपृष्ठ Featured बाणगंगाको कार्यपालिका बैठक ः घुम्ती शिविरदेखि अर्धबार्षिक समिक्षा गर्ने निर्णय

बाणगंगाको कार्यपालिका बैठक ः घुम्ती शिविरदेखि अर्धबार्षिक समिक्षा गर्ने निर्णय

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगाको नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । पालिकको सभाहलमा बुधबार बसेको कार्यपालिकाको बैठकले विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

 

बैठकले यही पुस २५ गते आयोजना गरेको १६ औँ नगर सभा सफलतापुर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै सभा सम्पन्न गर्न सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला सबैलाई धन्यवाद गरेको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।


साथै आर्थिक बर्ष २०८१÷८२ का योजनाहरुको अवस्थाबारे मुल्याकंन गर्दै बाकी योजना समयमै सम्पन्न गर्न तिव्रता दिने निणर्य समेत भएको प्रवक्ता पौडेलले बताएका छन ।

 

साथै कार्यपालिका बैठकले यही माघ २१ गते घुम्ती शिविर बाणगंगा नगरपालिकाको वडा नम्बर ६ स्थित सुठौली माध्यमिक बिद्यालयमा आयोजना गर्ने , माघ २४ गते सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाको वडा नम्बर ११ स्थित सामुदायिक भवनमा आयोजना गर्ने, त्यस्तै माघ २८ गते नगरपालिकाको सभाहलमा २८ गते नगरपालिकाको अर्धबार्षिक समिक्षा समिक्षा गर्ने निर्णय भएको हो बताइएको छ ।

साथै भगीरथी गौ संरक्षण बिकास केन्द्रको नगरपालिकाका कार्यपालिका सदस्यहरु आजिवन सदस्य बन्ने निर्णय भएको र जसबापत २१ जना कार्यपालिका सदस्यहरु रु १० हजारका दरले शुल्क उठाउने निर्ण भएको वडा नः २ का वडाध्यक्ष समेत रहेका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए । साथै भगीरथी गौ संरक्षण बिकास केन्द्रका गतिविधि नगरपालिकाबाटनै सञ्चालन समेत गरिने भएको उनले बताए ।

 

बैठकमा नगर प्रमुख चक्र अर्यालले वडा तथा नगर स्तरबाट सम्झौता हुन बाकी रहेका कार्यक्रम तथा योजना तत्काल सम्झौता गरी कार्यन्वयन गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन दिएका छन । त्यस्तै उप प्रमुख रिता कुमारी चौधरीले सबै कार्यक्रम तथा योजनाको नगरबाट अनुगमन गरिने बताउदैँ पारर्दशिताका साथ गुणस्तरीय काम गर्न आग्रह गरेकी छिन ।

 

बैठकमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनि , वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार