गृहपृष्ठ Featured ५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयाे

५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयाे

प्रकाशित मिति:

काठमाण्डाै –

साउनदेखि मङ्सिरसम्मको ५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५ महिनामा देशभर १ हजार १ सय १६ वटा आगलागीका घटना भएकामा १६ जनाको ज्यान गएको हो । एक सय ४५ जना घाइते भएका नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

 

 

उहाँका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायाको क्षति भएको छ । आगलागीबाट २९ परिवार विस्थापित भएका र झन्डै ५० करोड रुपैयाँ बराबर क्षति भएको प्रहरीको तथ्याङ्क छ ।

 

 

साउनदेखि मङ्सिरसम्म नेपालमा आगलागीको सामान्य जोखिम भएका महिना हुन् । विशेषगरी पुसदेखि जेठसम्म आगलागी र डढेलोका धेरै घटना हुने गरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

 

हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार