गृहपृष्ठ Featured कपिलवस्तु जेसिजको कार्यकारीणी उपाध्यक्ष पदमा कमल घिमिरेको उम्मेद्वारी घोषणा

कपिलवस्तु जेसिजको कार्यकारीणी उपाध्यक्ष पदमा कमल घिमिरेको उम्मेद्वारी घोषणा

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जेसिज बर्ष २०२५ का लागी कार्यकारीणी उपाध्यक्ष पदमा कमल घिमिरेले उम्मेदवारी घोषणा गर्नुभएको छ । यही माघ ४ र ५ गते हुन लागेको कपिलवस्तु जेसिजको अधिवेशनमा घिमिरेले कार्यकारीणी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

 

आफु कपिलवस्तु जेसिजको सचिव, कोषाध्यक्ष उपाध्यक्ष, शाखा सम्पादक भई कुशलता पुर्वक जिम्मेवारी बहन गरेको बताउदैँ उहाँले अहिले कार्यकारीणी उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

 

विभिन्न बहानामा यसअघि पनि आफु कार्यकारीणी उपाध्यक्ष पदबाट पछाडी हटेको बताउदै उहाँले यसपालि चुनावमै जाने गरी उम्मेद्वारी घोषणा समेत गरेको उहाँले बताउनुभयो । साथै उहाँले आफुलाई कार्यकारीणी उपाध्यक्ष पदमा आफुलाई सके सर्वसम्मत नभए चुनावबाटै भएपनि निर्वाचित गर्नका लागी सहयोगको आग्रह समेत गर्नुभएको छ ।

 

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा कपिलवस्तु अध्यक्ष समेत रहनुभएका घिमिरेसंग विभिन्न संघ संस्थाको नेतृत्व गरेको अनुभव छ ।

 

सामाजिक क्षेत्रमा परिचित युवा घिमिरेको लामो समय जेसीजका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ । व्यक्ति महत्वपुर्ण नभएको भन्दै नेतृत्व लिनका लागि व्यक्तित्व पनि आवश्यक भएकाले त्यो व्यक्तित्व आफुसगं रहेको बताउनुभयो ।

सम्बन्धित् समाचार