रुपन्देही ।
लुम्बिनी प्रदेश सभाका सांसदहरुले संसदमा आफूहरुले उठाएका विषय सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनुपर्ने भएपनि त्यसो नभएको भन्द्र सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले पटक-पटक जनताका सवाल सदनमा उठाएपनि सम्बन्धित मन्त्रालयबाट मन्त्रीहरुले जवाफ दिने काम नभएको बताउँदै अब सदनमा कराउनुको कुनै अर्थ नरहेको बताए ।
यो पश्न विगतमा पनि सांसदहरुले नउठाएका होइनन् तर केही मन्त्रीहरुले सामान्य तरिकाले जवाफ दिएपनि अधिकांश मन्त्रीहरुले यसमा ध्यानै नदिएको भन्दै सांसदहरुले गम्भीर बन्न सुझाएका छन् । सत्तारुढ नेपाली कांग्रेसका सांसद निमा गिरीले यो विषय आफूले सदनमा धेरै पटक उठाएपनि समाधान नभएको बताइन् ।
आफू कानुनको विद्यार्थी भएकाले त्यहाँ भएका सबै कानुनी विषय उठाइए पनि अधिकांश मन्त्रीहरुले त्यसको कुनै ध्यान नदिएको उनको भनाइ छ ।