गृहपृष्ठ Featured अर्घाखाँचीका ९९ प्रतिशतभन्दा धेरै घरधुरीमा बिजुली

अर्घाखाँचीका ९९ प्रतिशतभन्दा धेरै घरधुरीमा बिजुली

प्रकाशित मिति:

अर्घाखाँची – लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका ९९ प्रतिशतभन्दा धेरै घरधुरीमा बिजुली बत्ती पुगेकाे छ ।

तीन नगरपालिका र तीन गाउँपालिका रहेको अर्घाखाँचीका शीतगङ्गा नगरपालिकाको भित्री गाउँबाहेक अन्य सबै ठाउँमा बिजुली बत्ती पुगेको नेपाल विद्युत् प्राधिकरण अर्घाखाँचीका प्रमुख इन्जिनियर त्रिलोचन भट्टराईले बताउनुभयो ।

 

 

उहाँले जिल्लाभर झन्डै ३९ हजार घरधुरीमा मिटर जडान गरिएको र चार वटा सबस्टेशन र छिमेकी जिल्लाका सबस्टेशनबाट बिजुली आपूर्ति भइरहेको बताउनुभयो ।

 

 

बिजुली नपुगेको शीतगङ्गा–९ को घरधुरीलाई बिजुली विस्तार गर्न बजेट स्वीकृत भएर फाइल अगाडि बढेको विद्युत् प्राधिकरण अर्घाखाँचीका प्रमुख भट्टराईको भनाइ छ । केन्द्रले विद्युतीय वितरण प्रणालीलाई सुरक्षित बनाउँदै विद्युतीय घटनालाई शून्यमा झारेको प्राधिकरणले जनाएको छ ।

 

 

त्यस्तै विद्युत् वितरण प्रणालीलाई सुरक्षित तथा जोखिममुक्त बनाउन बजार क्षेत्र र घना बस्ती भएका क्षेत्रहरूमा नाङ्गो तारहरूलाई विस्थापित गरी कालोतार जडान गर्ने काम तीव्र रूपमा अगाडि बढेको छ ।

सम्बन्धित् समाचार