वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लामा दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप हुने भएको छ ।
यही फागुन १० गतेबाट १८ गतेसम्म कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका चार नम्बर जितपुर स्थित बुद्धरगंशालामा दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप २०८१ हुन लागेको हो ।
गोल्डकपमा प्रथम हुने समुहले रु ११ लाख ११ हजार १११ र द्धित्तिय हुनेले ५ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कार पाउने गोल्डकपका आयोजक जिल्ला फुटबल सघं कपिलवस्तुका कोषाध्यक्ष गणेश बहादुर सिंह ठकुरी (शुसिल)ले जानकारी दिए ।
गोल्डकपमा राष्ट्रीय फुटवल खेलाडीका साथमा बिदेशी खेलाडीको समेह सहभागिता रहने जिल्ला फुटबल सघंका अध्यक्ष तिलक थापाले बताए । खेलमा मछीन्द्र क्लव काठमाण्डौ , नेपाल आर्मी, झापा ११, थ्री स्टार क्लव, चर्च ब्वाइज क्लव जस्ता ए डिभिजनका क्लवहरुको सहभागीता रहने थापाले जानकारी दिए ।
यस गोल्डकपको संरक्षकमा कपिलवस्तु भित्रका १० स्थानिय तहहरु रहेका छन ।