गृहपृष्ठ Featured यस्तो रहनेछ आज देशभरिको मौसम

यस्तो रहनेछ आज देशभरिको मौसम

प्रकाशित मिति:

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

साथै तराइका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो  लागेको छ।

बुधबार दिउँसो  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपात हुने पूर्वानुमान छ।

सम्बन्धित् समाचार