गृहपृष्ठ Featured रुपन्देहीमा माइक्रोबसको ठक्करबाट एक युवकको मृत्यु

रुपन्देहीमा माइक्रोबसको ठक्करबाट एक युवकको मृत्यु

प्रकाशित मिति:

रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा- ६ मणिग्रामचोकदेखि पश्चिम गोरकटवा सोलार प्लान्ट नजिक माइक्रो बसको ठक्करबाट एक जना स्थानीय युवकको मृत्यु भएको छ ।

मृतक तिलोत्तमा ६ गोरकटवा निवासी अन्दाजी ४५ वर्षीय माधव गौतम रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको लु २ ख २४ नम्बरको माइक्रो बसले मङ्गलवार माधव सवार लु ९० प ४२०० नम्बरको स्कुटरलाई सोलार प्लान्ट नजिक ठक्कर दिई गम्भीर घाइते बनाएको र स्थानीय अस्पतालमा पुर्‍याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट गोरकट्टाका हवल्दार विष्णुप्रसाद भुसालका अनुसार माइक्रो चालक र सवारी इलाका प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार