गृहपृष्ठ Featured कपिलवस्तुको शुद्धोधनबाट जबरजस्ती करणीका फरार प्रतिबादी पक्राउ

कपिलवस्तुको शुद्धोधनबाट जबरजस्ती करणीका फरार प्रतिबादी पक्राउ

प्रकाशित मिति:

कपिलवस्तु ९ माघ 
जबरजस्तीकरणी मुद्दामा अदालतबाट सजाय तोक पछि लामो सयम देखि फरार रहदै आएका कपिलवस्तु शुद्धोधन गाँउपालिका वडा नं.२ मदरगढ बस्ने सोलिन्दर अहिर पक्राउ परेका छन ।

 

बलत्कार पछि फरार रहदै आएका उनलाई ईलाका प्रहरी कार्यालयको टोलीले शुद्धोधन गाँउपालिका वडा नं.६ बिमिहाँबाट पक्राउ गरेको हो । जबरजस्तीकरणी मुद्दामा अहिरलाई ६ बर्ष १ महिना १२ दिनको सजाय तोकिएको छ ।

 

ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल क्षेत्रीले बिभिन्न कसुरमा अदालतबाट सजाय ताके पनि फरार रहदै आएका प्रतिबादीहरुलाई आफुहरुले पक्राउ गर्ने अभियन नै चलाएको बताए ।

 

उनले अन्य प्रतिबादीलाई समते पक्राउ गर्ने बिशेष टोली नै खटाइएको उनले बताए । अहिरलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

सम्बन्धित् समाचार