गृहपृष्ठ Featured भारतमा भयानक रेल दुर्घटना : कम्तीमा ११ जनाको मृत्यु

भारतमा भयानक रेल दुर्घटना : कम्तीमा ११ जनाको मृत्यु

प्रकाशित मिति:

भारतमा बुधबार भयानक रेल दुर्घटना भएको छ ।

महाराष्ट्रको जलगाउँस्थित परान्डा रेलवे स्टेसनमा यो दर्दनाक दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । स्टेसनमा पुष्पक एक्सप्रेस रेलका यात्रीहरूलाई कर्नाटक एक्सप्रेस रेलले कुल्चिदिएको जनाइएको छ ।

पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूबीच भागदौड मच्चिएको र त्यसैक्रममा केही यात्रुले झ्यालबाट हामफालेको जनाइएको छ । हामफालेका यात्रुलाई विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसले कुल्चिएको जनाइएको छ ।

घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

सम्बन्धित् समाचार