रुपन्देही ।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार बुटवल आउने भएका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले पाल्पा र रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने भएका हुन्।
ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन समुद्घाटन गर्ने र त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साथै, सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित १,१२६ मिटर लामो सुरूङ मार्गको ब्रेकथ्रु कार्यक्रममा विशेष सहभागिता जनाउने छन्।
सुरूङ मार्ग बनेपछि बुटवलदेखि लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीले सुरूङमार्ग ब्रेकथ्रु उत्सवपछि बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन्। दिउँसो २ बजे बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित कार्यक्रममार्फत यो खण्डको शिलान्यास गर्नेछन्।
सडक विभागले बुटवल–गोरुसिंगे खण्डको ५० किलोमिटर सडकलाई दुई चरणमा स्तरोन्नति गर्ने योजना अघि बढाएको छ। यसमध्ये पहिलो चरणमा २५ किलोमिटर खण्डको शिलान्यास प्रधानमन्त्री ओलीले गर्नेछन्।