दाङको लमही नगरपालिका– ८ सतबरियास्थित ग्यालेक्सी बोर्डिङ स्कुलका लेखापाल सुनील चौधरीको कुटाइबाट कक्षा ९ मा अध्ययनरत निखिल खड्काको कानको जाली फुटेको छ ।
दुई दिन विद्यालय नआएको भन्दै लेखापालले कुटपिट गरेको निखिलका मामा विष्णु खत्रीले जानकारी दिएका छन् । उनका अनुसार स्वास्थ्य परीक्षणपछि कानको जाली फुटेको र रगत जमेको रिपोर्ट आएको छ । मंगलबार बिहान गेटमै कुटपिट भएको खत्रीले बताए ।
कुटपिट पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । देब्रे कान नसुनिने अवस्थामा रहेको खत्रीले बताए । खुट्टा, ढाडमा पनि चोट लागेको छ ।
विद्यालय पुग्नासाथ गेटमै कुटपिट गरेको खत्रीको भनाइ छ ।