गृहपृष्ठ Featured रुपन्देहीमा रवि लामिछानेमाथि थुनछेक बहस सुरु

रुपन्देहीमा रवि लामिछानेमाथि थुनछेक बहस सुरु

प्रकाशित मिति:

रुपन्देही ।

रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि मुद्दा छ । लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको  इजलासमा थुनछेक बहस सुरु भएको हाे। लामिछानेसँग रुपन्देही जिल्ला अदालतले बुधवार बयान सकेपछि परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडेको थियो ।
जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बहस सुरु भएको जानकारी दिए।  आज सुरुमा वादी सरकारी वकिलको तर्फबाट आधा दर्जन वकिलले  बहस गर्नेछन् । जिल्ला  सरकारी वकिलका प्रमुख  प्रेमराज पौडेल, गोकर्ण घिमिरे वसन्त र उच्चका सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्नेछन् ।

सम्बन्धित् समाचार