गृहपृष्ठ Featured बुटवल-गोरूसिंगे सडक स्तरोन्नतिको काम सुरू

बुटवल-गोरूसिंगे सडक स्तरोन्नतिको काम सुरू

बुटवलदेखि कपिलवस्तुको गोरूसिंगेसम्मको सडक स्तरोन्नतिको काम आजदेखि सुरू भएको छ। बुटवलदेखि गोरूसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन्।

पहिलो चरणमा बुटवलदेखि गोरूसिंगेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरूसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइने छ।

सडकको शिलान्यासको क्रममा गर्दै प्रधानमन्त्री ओलीले आजको दिन पाल्पा र रूपन्देहीको लागि मात्र नभएर देशकै महत्वपूर्ण र ऐतिहासिक दिनको रूपमा रहेको बताए।

प्रधानमन्त्री ओलीले नेपाल सडकमार्ग मात्र नभएर सुरूङमार्गको युगमा प्रवेश गरिसकेको बताए। प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गमबाट सुगम बन्दै गएको बताए।

‘हिजोका गाउँका कच्ची सडक आज कालोपत्रे भएका छन्। हाम्रो देश हामी आफै बनाउँछौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले कसैको हल्लाको पछाडि नलागी मुलुकको विकासमा लाग्न सबैलाई आग्रह गरे।

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले यातायात क्षेत्र विकासको प्रमुख आधार भएकोले सरकारले सडक निर्माणलाई प्राथमिकता दिएर अगाडि बढाएको बताए।

सम्बन्धित् समाचार