किरणमान बज्राचार्य, कपिलवस्तु ।।
शीत लहरसंगै जाडो बढदै गए पछि कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १० हर्दौनामा ३ सय बिपन्न परिवारलाई सिरक बाडिएको छ । पुर्व मन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यको पलहमा सुर्य ज्योति लाईफ ईन्सुरेन्स कम्पनीले सिमावर्ती क्षेत्र हर्दौनामा सो सिरक बाडेको हो ।
सांसद आचार्य, महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम,उप मेयर रिता कुमारी चौधरी, ईन्सुेरेन्स कम्पनीका प्रदेश प्रमुख सुशील चापागाई, चिफ एजेन्सी मेनेजर भरत प्रसाई, वडाध्यक्ष शैलेन्द्र कुमार चौधरीले बिपन्न परिवारलाई कम्मल हस्तान्तरण गरेका थिए । सो अवसरमा सांसद आचार्यले जाडोयाममा सिमाक्षेत्रमा रहेको बिपन्न नागरिकलाई सहजताकालागि आफुले गरेको आग्रह अनुसार बिमा कम्पनीले सिरक बाडेको बताए । उनले आफुले आफनो क्षेत्रको जनतासंग गरेका बाचा अनुसार काम अघि बढाउने प्रतिबद्धा ब्यक्त गरे ।

उनले प्रदेश र पालिकाले समेत जनतालाई प्रत्यक्ष लाभ हुने किसिमको काम गर्न नगरपालिकलाई आग्रह गरे । सो अवसरमा बिमा कम्पनीका प्रदेश प्रमुख चापागाईले सामाजिक उत्तरदायित्व अन्र्गत बिमा कम्पनीले यो काम गरेको बताए । उनले सिमा क्षेत्रका बिपन्न परिवारलाई केही भए पनि मद्दत गर्न पाएकोमा आफुलाई निकै खुशी लागेको बताए । उनले आफनो बिमा कम्पनीले यस्ताका आगमी दिनमा पनि गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
बाणगंगा नदी कटानबाट जिल्लामा सबै भन्दा पीडीत बनेको हर्दौनामा रहेको बिपन्न परिवारलाई जाडोयाममा सिरक बाडिएकोमा बिपन्न परिवार हािर्षत बनेका छन । ‘ जाडो कटाउन निकै गाह्रो भईरहेको बेला हामीले सिरक पाउदा निकै खुशी लागेको छ ’ उनीहरुले भने । वडाध्यक्ष चौधरीले आफनो वडाका बिपन्न परिवारलाई सिरक बाडिएकोमा अभार ब्यक्त गरे । ‘ यो जाडोमा बिपन्न परिवारले राम्रो उपहार पाएका छन ’ उनल भने ।








