गृहपृष्ठ Featured गुल्मीमा वार्षिक २ अर्ब बढीको मासु र दूधको कारोबार हुने गरेको तथ्याङक

गुल्मीमा वार्षिक २ अर्ब बढीको मासु र दूधको कारोबार हुने गरेको तथ्याङक

गुल्मी ।

गुल्मी जिल्लामा दुई अर्ब बढीको मासु र दूधको कारोबार हुने गरेको पाइएको छ ।

दुग्ध र मासु व्यवसायीहरुले प्रस्तुत गरेको तथ्याङक अनुसार एक वर्षको अवधिमा २ अर्ब १८ करोड ३७ लाख ४० हजार बराबरको मासुको कारोबार हुने गरेको छ ।

दुई नगर र १० गाउँपालिकामा रहेका व्यवसायीहरुले १३ करोड, ८७ लाख ३६ हजार ५०० को दूधको मात्रै कारोबार हुने गरेको तथ्याङ प्रस्तुत गरेका छन् छन् ।

जिल्लामा दूध माछा मासु व्यावसायको वर्तमान अवस्था समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा अगुवा व्यवसायीहरुसँग भएको छलफलमा यो तथ्यांक प्रस्तुत भएको हो ।

सम्बन्धित् समाचार