भारतको दिल्लीमा एक निर्माणाधिन चार तले भवन भत्किएको छ । भारतीय मिडियाहरूका अनुसार उक्त घटनामा २० जना फसेको हुन सक्ने आशंका गरिएको छ ।
घटनालगत्तै उद्धारकर्ताहरूले १२ जनाको उद्धार गरेका छन् । घटनामा परी एक ८ वर्षीय बालिकाको मृत्यु भएको छ । उद्धार गरिएकाहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।








