गृहपृष्ठ Featured ‘मेरो सुन्दर संसार’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

‘मेरो सुन्दर संसार’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

कपिलवस्तु ।

लेखक तथा गीतकार मणिदेव अर्याल (मणिरत्न) को गीत ‘मेरो सुन्दर संसार’ सार्वजनिक भएको छ । गायक नरेन्द्र प्यासीको स्वरमा उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । मणिरत्नको शब्द रहेको उक्त गीतमा प्रभात सुवेदीले संगीत दिएका छन् ।

उक्त गीत निर्देशक हरिशरण रिजालको निर्देशनमा सार्वजनिक भएको हो । यस म्युजिक भिडियोमा निर्देशक रिजालसँग आरती आचार्यले मुख्य भूमिका निर्वाह गरेका छन् ।

बहुप्रतिभाशाली कलाकार रिजालको कथा, निर्देशन र अभिनयले म्युजिक भिडियोलाई थप सुन्दर बनाएको छ ।

लामो समयको मेहनत र सिर्जनात्मक सहकार्यबाट तयार भएको यस म्युजिक भिडियोले नेपाली गीत संगीत क्षेत्रमा नयाँ उचाई प्राप्त गर्ने विश्वास छ ।

सम्बन्धित् समाचार