गृहपृष्ठ खबर पूर्वराजा शाह भोलि भैरहवाबाट गोरखपुर जाने

पूर्वराजा शाह भोलि भैरहवाबाट गोरखपुर जाने

प्रकाशित मिति:

१६ माघ, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने गोरखनाथ मन्दिरको दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह भोलि (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकका अनुसार बिहीबार गोरखपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

पूर्वराजा शाह अहिले भैरहवा छन् । उनी भैरहवाबाटै गोरखपुर जाने कार्यक्रम तय भएको पाठकले  जानकारी दिए ।

‘भोलि भैरहवाबाटै गोरखपुर जाने कार्यक्रम छ,’ पाठकले भने, ‘गोरखपुर मन्दिरको दर्शन र पूजाआजाका लागि गोरखपुर सवार होइबक्सन्छ ।’

उनले अन्य कुनै कार्यक्रम तय नभएको पनि बताए । यद्यपि, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट हुनसक्ने बताइएको छ ।

सम्बन्धित् समाचार