गृहपृष्ठ Featured आज संसद्को पहिलो बैठकमा सरकारले पेश गर्दैछ यी ६ विधेयक

आज संसद्को पहिलो बैठकमा सरकारले पेश गर्दैछ यी ६ विधेयक

प्रकाशित मिति:

काठमाडौं

संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार शुरु हुँदै छ। दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सरकारले ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ पेश गर्नेछन्। यस्तै ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पनि उनले पेश गर्नेछन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले  ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने कार्यसूची छ।

गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेले मन्त्रिपरिषद्को सिफारिसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

त्यसपछि २९ पुसमा थप चार अध्यादेश जारी भएका थिए । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश भने माघ २ मा जारी भएको थियो।

विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेशको विरोध गर्दै आएका छन्। संसद् बैठकको पहिलो दिन पेश गर्न नदिने रणनीति बनाएका छन्। यसको सशक्त प्रतिकार गर्ने उनीहरूको तयारी छ।

सम्बन्धित् समाचार