काठमाडौं ।
नवलपरासी पश्चिमको सरावल गाउँपालिका-१ सालबासस्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
प्रदेश नं. ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबीचको पेटीमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा निवासी २८ वर्षीय कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट लिखु-३ बस्ने २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् ।
टाउकोमा गम्भीर चोट लागेका उनको लुम्बिनी सिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।