इटलीको कोपा इटालियन फुटबलको सेमिफाइनलमा रोमालाई पराजित गर्दै एसी मिलानले सेमिफाइनलको यात्रा तय गरेको छ । बुधवार राती भएको खेलमा रोमालाई ३-१ गोलले पराजित गर्दै मिलानले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेलमा एसी मिलानको लागि टोमी अब्राहमले दुई तथा जेआओ फेलिप्सले एक गोल गरे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेको मिलानको लागि अब्राहमले पहिलो हाफको १६ र ४२ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।
दोश्रो हाफमा रोमाको लागि खेलको ५४ औँ मिनेटमा एर्टमले गोल गर्दै टिमलाई खेलमा फर्काउन प्रयास गरेका थिए । तर मिलानको लागि फेलिप्सले ७१ औँ मिनेटमा गोल गरेपछि एसी मिलानले खेल सहज रूपमा जित्न सफल बन्यो ।
मिलानले अब इन्टर मिलान र लाजियो बिचको विजेतासँग सेमिफाइनल खेल्नेछ ।