सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलो पटक भएको प्रथम आधारभूत तहको खेलकुद प्रतियोगिताको उपाधि सुर्योदय माध्यमिक विद्यालय बरवाले जितेको छ ।
६ स्वर्ण र १ कास्यसहित बरवाले उपाधि हात पारेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले जानकारी दिए । उपाधि हात पारेसंगै बरवाले प्रोत्साहन स्वरुप ३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
उनका अनुसार ३ स्वर्ण, ५ रजत, २ कास्यसहित हेमराज मावि हथौसा द्धितीय र ३ स्वर्ण, १ रजत, २ कास्यसहित होराईजन मावि तृतीय भएको छ । द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः २० हजार र १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको शाखा प्रमुख जिसीले जानकारी दिए ।
नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले ७औं नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको टुङ्गो शुक्रबार मात्र लाग्ने बताए । उनले आगामी माघ २७ देखि फागुन ३ गतेसम्म मेयर कप हुने जानकारी दिए ।
उनले फागुन ५ देखि ७ गतेसम्म उपप्रमुख कप खुला महिला भलिवल प्रतियोगिता हुने बताए । उक्त प्रतियोगिताको विजेता हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार र चौथो हुनेले १० हजार प्राप्त गर्ने उनले जानकारी दिए ।