गृहपृष्ठ Featured कपिलवस्तुमा घरमा चोरी गर्न आएको एक चोर पक्राउ

कपिलवस्तुमा घरमा चोरी गर्न आएको एक चोर पक्राउ

प्रकाशित मिति:

किरणमान बज्राचार्य 
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका १ स्थित कैलाश टोलका जनार्दन पराजुलीको घरमा चोरी गर्न आएका ३ जना चोर मध्ये एक जना पक्राउ परेका छ्न ।

शुक्रबार मध्य रातमा घरमा कोही नभएको ठानी चोरहरु आफ्नो घरमा पसेको थाहा पाए पछी पराजुलीले प्रहरीलाइ खबर गरेका थिए ।

 

प्रहरीले घेरा हाली एक जनालाइ केही बेरमै पक्राउ गरी देखाउदा पराजुलीले सो मान्छे यहीँ रहेको पुष्टी गर्दै सोही पालिका ३ बरन्डीहीया घर भएका उनलाइ आफुले चिनेको बताए ।

प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीले शुक्रबार राति एक जना पक्राउ परेको बताए । जिल्लामाका विभिन्न ठाउबाट अहिले सम्म ६ जना शंकास्पद ब्यक्ति पक्राउ परेको उनले बताए । चोरीका घटनामा बृद्धि भएपछि प्रहरीले निगरानी बढाएको छ ।

सम्बन्धित् समाचार