वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिका- ९ बर्दहवामा रहेको श्री नवप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निशुल्क स्वास्थ्य शिविर गरेको छ । स्त्री तथा महिला रोग सम्बन्धि उक्त शिविर युनिक फार्मेसी वनगाईको प्राविधिक सहयोगमा शनिबार सम्पन्न भएको हो ।
उक्त शिविरबाट १७० जना लाभान्वित भएको सहकारीका अध्यक्ष बसन्त खनालले जानकारी दिए । अध्यक्ष खनालले आर्थिक अवस्था कमजोर भएर अन्यत्र अस्पतालमा जान नसक्नेहरुका लागि लक्षित गरि शिविर आयोजना गरेको बताए ।

बणगंगा नगरपालिका ९ का वडाध्यक्ष कमल पौडेलले ग्रामीण बस्तीहरुमा आयोजना गरिने यस्ता स्वास्थ्यका शिविरले स्वास्थ्य सचेतना समेत वृद्धि गर्ने बताए । समयमै स्वास्थ्य समस्याको पहिचान गराई आवश्यक सतर्कताका उपाय अपनाउन शिविरमार्फत सहयोग पुग्ने उनको विश्वास छ ।
उक्त शिविरको उद्घाटन कार्यक्रमम सल्लाहकार भुवनेश्वर पौडेल र ध्रुब बेल्बोसे, भलवाड स्वास्थ्य चोकी प्रमुख जित बिकास रायमाझिले शुभकामना राखेका थिए भने उपाध्यक्ष सिता पोखरेलले स्वागत मन्तव्य राखेकी थिईन् ।
उक्त कार्यक्रमको संचालन सहकारीकी सदस्य तथा कार्यक्रम संयोजक राजन अर्यालले गरेकी थिईन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका महिला तथा स्त्री रोग विशेषज्ञ डा. बर्षा पौडेल र रेडियोलोजिस्ट डा.प्रशान्त आचार्यले शिविरमा आएका सेवाग्राहीको चेकजाँच गरेका थिए ।








