गृहपृष्ठ Featured कपिलवस्तुमा थप एक चोर पक्राउ

कपिलवस्तुमा थप एक चोर पक्राउ

प्रकाशित मिति:

तौलिहवाबाट थप एक चोरलाई प्रहरीले पक्राउ गरेको छ । माघ २६ गते राति साढे १२ बजे कपिलवस्तु नगरपालिका १ स्थित कैलाश टोलमा चोरी गर्न आएका चोर मध्ये थप एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि चार जना मध्य एक जनालाई प्रहरीले पक्राउ गरेको थियो भने ३ जना फरार थिए ।

स्थानीयको सहयोगमा प्रहरीले भिक्षु चोकदेखि भित्री सडक खण्डमा बस्ने ४५ वर्षिय कृष्णनाथ यादवलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक मोहन मणि अधिकारीले जानकारी दिए ।

यादवलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप दिई चोरी उद्योग कसुर मुद्धामा अनुसन्धान भैरहेको छ । पछिल्लो समय जिल्लाको सदरमुकाममै चोरीका घटना बढेका छन् । चोरले घरमा कोही नभएको मौका छोपी श्रृंखलाबद्ध रुपमा चोरी गर्दै आएको छ । प्रहरीले पनि अनुसन्धान प्रकृया अघि बढाएको भन्दै सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।

सम्बन्धित् समाचार