काठमाडौं ।
तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु र २३ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकी दोलखाकी ५० वर्षीय पार्वती काफ्ले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको छ।
भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस आफैँ अनियन्त्रित भई आइतबार राति थाक्रे गाउँपालिका-७ सातकिलोस्थित पृथ्वी रामार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ।
घाइतेको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।