गृहपृष्ठ Featured पुटिन र ट्रम्पबीच भेटवार्ताको तयारी

पुटिन र ट्रम्पबीच भेटवार्ताको तयारी

प्रकाशित मिति:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलीफोनमा कुराकानी गरेका छन् । ट्रम्पले पुटिनसँग आफ्नो कुराकानी भएको जानकारी दिएका छन् ।

बीबीसीका अनुसार कुराकानीबारे प्रतिक्रिया दिँदै ट्रम्पले भनेका छन्( राष्ट्रपति पुटिनसँग उनको भेट हुँदै छ । यद्यपि कहिले भेट हुनेछ भन्ने बारेमा भने ट्रम्पले खुलाएका छैनन् ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग उनले पुटिनसँग भेटवार्ता हुने सम्भावित स्थलको रूपमा भने केही खुलाए । उनले भने, ुहामी साउदी अरबमा भेट्नेछौँ ।ु

यसअघि ट्रम्पले आफूहरू युक्रेन युद्ध समाप्त गर्न कुराकानी गर्नका लागि सहमत भएको बताएका थिए ।

उता क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले पनि यसबारे प्रतिक्रिया दिएका छन् । राष्ट्रपति पुटिनले ट्रम्पको उक्त सुझावको समर्थन गरेको उनले उल्लेख गरेका छन् । जसमा अमेरिकी राष्ट्रपतिले भनेका थिए( साथ मिलेर काम गर्ने समय आएको छ ।

रुस-युक्रेन युद्ध सुरु भएपछि पश्चिमा देशहरूसँग रुसको सम्बन्ध चिसिएको थियो । तर, ह्वाइट हाउसको नेतृत्व परिवर्तन भएसँगै रुसले केही राहत पाउन सक्ने संकेतहरू देखिएको छ ।

सम्बन्धित् समाचार