गृहपृष्ठ Featured इङल्याण्डविरुद्धको भारतको ‘क्लीन स्वीप’

इङल्याण्डविरुद्धको भारतको ‘क्लीन स्वीप’

प्रकाशित मिति:

काठमाडौं । 

भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा क्लीन स्वीप गरेको छ। भारतले तेस्रो खेल १४२ रनले जितेर सिरिज ३–० ले जितेको हो।

भारतले दिएको ३५७ रनको लक्ष्य पछाएको इङल्याण्डले ३४ दशमलव २ ओभरमा अल आउट हुदै २१४ रन मात्र बनाएको थियो।

इङल्याण्डका लागि टम बानटन र गस अटकिन्सनले ३८–३८ रन बनाएका थिए। भारतीय बलर अर्शदीप सिंह, हर्षित राना, हार्दिक पाण्डेय र अक्क्षर पटेलले २–२ विकेट लिएका थिए।

यस अघि पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अल आउट हुदै ३५६ रन बनाएको थियो। भारतका लागि शुभमन गिलले ११२ रनको शतकीय पारी खेलेका थिए भने श्रेयस अय्यरले ७८ र विराट कोहलीले ५२ रन बनाएका थिए।

योसँगै भारतले ३ खेलको सिरिज ३–० ले जितेको छ र सिरिजमा क्लीन स्वीप गरेको छ।

सम्बन्धित् समाचार