गृहपृष्ठ Featured राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कपिलवस्तुको अध्यक्षमा पप्पु बनिया

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कपिलवस्तुको अध्यक्षमा पप्पु बनिया

कपिलवस्तु ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कपिलवस्तुको अध्यक्षमा पप्पु बनिया चयन भएका छन् । शिवराज नगरपालिका वडा नं ३ खैरेन्द्रपुरमा भएको जिल्ला अधिवेशनबाट विद्यार्थी नेता बानियाँको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा मोनिका सुनार, ग्रीष्मा कँडेल, अमन चौरासिया, सचिवमा मेनुका बस्नेत सदस्यहरुमा सन्दीप कुमार चौधरी, संगम पटेल, सुनिल हरिजन, विजय प्रकाश यादव लगायत चयन भएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमलराज बमको प्रमुख अतिथ्यतामा भएको उक्त अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया, पार्टीका केन्द्रीय सदस्य एवं शिवराज नगरपालिकाका मेयर अजय थापा, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, लुम्बिनी प्रदेश सदस्य दीपक रजौरियाको विशिष्ट आतिथ्यता रहेको थियो ।

राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैं विधार्थीहरुको हकहितमा काम गर्ने गरि शसक्त रुपमा अघि बढ्न आग्रह गरेका छन् ।

उनले विधार्थी संगठनलाई विधार्थीहरुको सारथी बनाउँदै संगठनलाई सुदृढ बनाउन निर्देशन समेत दिएका छन् ।

सम्बन्धित् समाचार