कपिलवस्तु ४ फागुन
कपिलवस्तुको तौलिहवामा साथी शिक्षकहरुका लागी ३ दिने बृहत यौनिकता शिक्षा तालिम सुरु गरिएको छ ।
युएनएफपिएको सहयोगमा नेपाल परिवार नियोजन संघ कपिलवस्तुको आयोजनामा तालिम सुरु भएको हो । तालिममा जिल्लाका १० बिद्यालयका २६ बिद्यार्थी र ४ शिक्षक सहभागी छन ।
सो अवसरमा जिल्ला शिक्षा तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनीले तालिमले यौन तथा प्रजन्न स्वास्थ्यको सवालमा केही भए पनि मद्दत मिल्ने बताए ।
उनले जिल्लाको दक्षिणी क्षेत्रका बिद्यालयहरुमा आधा भन्दा बढी बिद्यार्थीहरु अनुपस्थित हुनु दुःखद कुरा भएको बताए । उनले यस तर्फ सचेत भई यौन तथा प्रजन्न स्वास्थ्य बाल बिवाह लागतयका बिषयमा तालिममा सिकाई हुने बताए ।
कार्यक्रममा प्रशिक्षक शोभाकान्त न्यौैपानले बृहत्त यौनिकता शिक्षालाई सरकारले पाठ्यक्रममै राखेकोले यो बिषय महत्वपुर्ण रहेको बताए । यसले शिक्षा स्वास्थ्य, र समुदायलाई जाडने उनले बताए ।
धेरै चुनौतीपुर्ण अवस्थामा समेत सेवाको पहुच बढनु पर्ने उनको भनाई छ । नेपाल परिवार नियोजन संघका जिल्ला अध्यक्ष विकास पोख्रेलको अध्यक्षता, बसन्त खनालको संचालन र संघका पुर्व जिल्ला अध्यक्ष खग प्रसाद चापागाईको स्वागतमा कार्यक्रम भएको थियो । तालिममा ३ दिन सम्म बुहत्तर यौनिका शिक्षाका बिषयमा छलफल गरिनेछ ।







