गृहपृष्ठ Featured कालिका स्वावलम्बन सामाजिक केन्द्रको सामाजिक परिक्षण

कालिका स्वावलम्बन सामाजिक केन्द्रको सामाजिक परिक्षण

वैखरी अनलाइन, तौलीहवा ।
कपिलवस्तुको कालिका स्वावलम्बन सामाजिक केन्द्रको सामाजिक परिक्षण तौलीहवामा संपन्न भएको छ ।

सो अवसरमा जिल्ला समवन्य समितिका प्रमुख बावुराम आचार्यले विकासको हेरक सुचांकमा पछि परेको कपिलवस्तुको सामाजिक विकासमा कालिकाको महत्वपुर्ण योगदान गरेको बताए ।

उनले यो संस्थासंग आफु ३ बर्ष देखि संपर्कमा रहेको भन्दै पारदर्शी रुपमा काम गर्नु राम्रो भएको बताए ।

उनले स्वास्थ्य र शिक्षमा जिल्ला निकै कमजोर रहेकोले यसलाई सबै मिलेर अघि बढाउनु पर्ने बताए । सो अवसरमा जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारीले दोहोरोपन हटाई काम गर्नु पर्ने बताए ।

उनले सबै मिलेर जिल्लाको सामाजिक विकास गर्नु पर्ने बताए । कार्यक्रममा गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेयले ३ दशक लामो ईतिहास बाकेको कालिकाले जिल्लामा निकै राम्रो काम गरेको बताए ।

 

सो अवसरमा पत्रकार महासंघकमा पुर्व अध्यक्ष किरणमान बज्राचार्यले कालिकाले पत्रकारहरुसंग समन्वय गरी काम गरेकोे भन्दै प्रसंसा गरे । कार्यक्रममा संचारकर्मी तथा पत्रकार महासंघका उपाध्यक्ष खग प्रसाद चापागाईले सहजकर्ताको भुमिका निभाउदै स्थलगत रुपमा सेवाग्राही र सरोकारवालाले दिएको सुझावका बिषयमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सस्थाद्धारा संचालित बिभिन्न ६ वटा परियोजनाका परियोजनाको संयोजकले परियोजनाका बिषयमा प्रस्तुतीकरण गरेका थिए । संस्थाका अध्यक्ष मंदीप सिंहको अध्यक्षता र सचिव शान्ता पौडेलको संचालनमा भएको थियो ।

सम्बन्धित् समाचार