गृहपृष्ठ Featured अध्यादेश जसरी पनि पारित हुन्छः प्रधानमन्त्री ओली

अध्यादेश जसरी पनि पारित हुन्छः प्रधानमन्त्री ओली

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको विकासका लागि ल्याइएका अध्यादेश संसदबाट पारित गरेरै छाड्ने बताएका छन्।

दाङको घोराहीमा नेकपा एमाले जिल्ला कमिटीद्वारा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अध्यादेश पारित गरेरै छाड्ने बताएका हुन्।

उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको स्पष्ट गर्दै आफूहरू कोही पनि नेपाली पछाडि नपरोस् भन्ने सोच बोकेर अघि बढेको बताए।

नेपाल अब सुरूङमार्ग र पानीजहाजको युगमा प्रवेश गरिसकेको जनाउँदै उनले दाङको देउखुरीमा पनि सुरूङमार्ग बनाउने योजना रहेको सुनाए।

‘पहिला मैले सुरूङ, पानीजहाज र रेलका कुरा गर्दा धेरैले गिज्याए। अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदै छ। अब नारायणी नदीबाट  तपाईँहरू जलयात्रा सुरू गर्न सक्नुहुन्छ। त्यसलाई गंगासम्म लैजान सक्नु हुन्छ। त्यहाँबाट बंगाल जान सक्नुहुन्छ,’ उनले भने, ‘अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्त आयोजना निर्माणको काम चलिरहेका छन्। हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ। तपाईंहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो। कसैले पनि यो अभियानलाई रोक्न सक्दैन।’

प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने समेत बताए।

यसअघि प्रधानमन्त्रीले ओलीले लुम्बिनी प्रदेश सभाको बैठकमा विशेष सम्बोधन गरेका थिए।

सम्बन्धित् समाचार