गृहपृष्ठ Featured केआईआईटीमा अध्ययरत १२६ विद्यार्थी नेपाल फर्किए

केआईआईटीमा अध्ययरत १२६ विद्यार्थी नेपाल फर्किए

भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी)मा अध्ययरत १२६ विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् ।

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थी असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज १०३ छात्र र २३ छात्रा फर्किएको जानकारी दिए ।

निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआईटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए । -रासस

सम्बन्धित् समाचार