गृहपृष्ठ Featured भैरहवा ल्याइयो प्रकृति लम्सालको शव

भैरहवा ल्याइयो प्रकृति लम्सालको शव

काठमाडौं ।

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव उनको घर बुटवल ल्याइएको छ ।

भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वय उनको शव भैरहवा ल्याइएको उनका आफन्तले जानकारी दिएका छ्न् ।

उनका अनुसार प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडकिल कलेजमा राखिनेछ ।

प्रकृतिको शंकास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

सम्बन्धित् समाचार