गृहपृष्ठ Featured आगामी चुनावअघि नै कांग्रेस महाधिवेशन गर्नुपर्छ : कोइराला

आगामी चुनावअघि नै कांग्रेस महाधिवेशन गर्नुपर्छ : कोइराला

प्रकाशित मिति:

सुर्खेत — कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

 

सुर्खेतमा बिहीबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा. कोइरालाले भने, ‘अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।’

डा. कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको बताए । उनले भने‍, ‘सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ ।’

अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा. कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरंकुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भए पनि आफूहरूले खबरदारी गरिरहेको उनले बताए ।

सम्बन्धित् समाचार