वैखरी अनलाईन, गैडहवा ।
रुपन्देहीको गैडहवा गाउँपालिकाले फागुन १५ गते स्थानीय बिदा दिने भएको छ । पालिका अध्यक्ष सुरेन्द्र पौडयालले एक सूचना जारि गर्दै ४३औं राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको जानकारी गराएका हुन् ।
मगर दिवसको शुभकामना व्यक्त गर्दै अध्यक्ष पौडयालले गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा (अत्यावश्यक सेवा बाहेक) स्थानीय विदा दिइएको जानकारी दिए ।
‘२०८१ साल फागुन १५ गते पर्ने मगर दिवसको अवसरमा सम्पुर्ण स्थानीय बासीमा शुभकामना व्यक्त गर्दै सो दिन यस गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा (अत्यावश्यक सेवा बाहेक) स्थानीय विदा दिइएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ सो सूचनामा उल्लेख गरिएको छ ।
मगर दिवस जिल्लाभर विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाइन्छ ।
यहाँ पनि मगर समुदायले हर्षोल्लासका साथ मगर दिवस मनाउँछन् । स्थापना दिवसमा भेषभुषाको झाँकीसहित बृहत र्याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित विभिन्न कार्यक्रम हुने गर्दछ्न् ।








