काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट एक महिनामा करिब ६ हजार ८ सय यात्रु आवागमन भएको छ ।
विमानस्थल कार्यालयका अनुसार फेब्रुअरी २०२५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १५ उडान–अवतरण भएको थियो । तिनै उडानबाट ६ हजार ७ सय ७९ यात्रु आवागमन भएको हो ।
त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २ सय ११ यात्रु आवागमन भएको हो । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४ हजार ४० ट्रान्जिट यात्रु रहेको कार्यालयले जनाएको छ ।








