गृहपृष्ठ Featured लुम्बिनीमा ५ सय जना अल्पकालीन भिक्षु बन्दै

लुम्बिनीमा ५ सय जना अल्पकालीन भिक्षु बन्दै

लुम्बिनी ।

लुम्बिनीमा ५ सय जनालाई श्रामणेर (अल्पकालीन भिक्षु) बनाउने प्रव्रज्या कार्यक्रम सुरु गरिएको छ । मायादेवी मन्दिरस्थित पवित्र उद्यानमा संघनायक बोधीसेन महास्थविर र अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष धम्म शोभन महास्थविरले पहिलोपटक पहेँलो चीवर प्रदान गरेपछि उनीहरुलाई श्रामणेर प्रव्रज्यामा सहभागी गराइएको हो ।

अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाको सहआयोजनामा मंगलबार कुलपुत्र प्रव्रज्या गराइएको हो ।

कार्यक्रममा थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो पुण्यप्राप्ति गर्ने अवसर भएको बताउँदै शान्तिका लागि बुद्धको शिक्षा निक्कै उपयोगी रहेको बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा र अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु निग्रोधले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई व्यवहारमा लागू गराउनका लागि भिक्षु, लामा, गुरुहरुको आवश्यकता पर्ने बताउँदै त्यसैका लागि प्रव्रज्या कार्यक्रम राखिएको बताए ।

सम्बन्धित् समाचार