गृहपृष्ठ Featured बुद्धभूमि नगरपालिका- ५ चौरीमा शनिबार वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

बुद्धभूमि नगरपालिका- ५ चौरीमा शनिबार वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.५ मा वृहत निःशुल्क स्वास्थ्य शिविर हुदैंछ । भोलि शनिबार वडा नं.५ मा रहेको श्री नेपाल राष्ट्रिय मावि चौरीमा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा स्वास्थ्य शिविर हुन लागेको हो ।

उक्त शिविर बुद्धभूमि नगरपालिका वडा नम्बर ५ को आयोजना र मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवलको प्राविधिक सहयोग तथा बुद्धभूमि नगरपालिकाको संरक्षकत्वमा हुन लागेको वडाध्यक्ष रोम बहादुर थापाले जानकारी दिए । उनका अनुसार शिविरमा

स्त्री तथा प्रसुती रोग सम्बन्धी सेवा, ल्याब परिक्षण, औषधी वितरण, इसिजी, सुगर, प्रेसर, दम तथा छाती रोग सम्बन्धी सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराईने छ ।

स्वास्थ्य नै मानिसको धन भएकाले सबै वडावासीलाई शिविरमार्फत आफ्नो स्वास्थ्य परिक्षण गराएर फाईदा उठाउन अपिल गरे । उनले वडाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै वडावासीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर शिविर हुन लागेको बताए ।

वडासचिव निरज थापा मगरले शिविर शनिबार विहान १० बजेबाट सुरु हुने जानकारी दिए । उनले शिविर मुख्यतः आर्थिक रुपमाले विपन्न, गरिबहरुको लागि लाभदायक हुने बताए ।

सम्बन्धित् समाचार