गृहपृष्ठ Featured मेयर पौडेलद्धारा रत्न राज्य माध्यमिक बिद्यालयको ४ कोठे भवनको शिलान्यास

मेयर पौडेलद्धारा रत्न राज्य माध्यमिक बिद्यालयको ४ कोठे भवनको शिलान्यास

कपिलवस्तु २३ फागुन

बिद्यालयको ४ कोठे भवन शिलान्यास गरिएको छ । मेयर सुदीप पौडेलले भवनको शिलान्यास गरेका हुन ।
संघीय बजेट अन्तर्गत नगरपालिकाको साढे ३४ लाख आर्थिक सहयोगमा सो भवन बन्न लागेको हो । सो अवसरमा मेयर पौडेलले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले धर्मपनिया, बभनीमा समेत यस्तै भवन निर्माण केही दिन मै सुरु हुने बताए ।

पालिका भित्र रहेको ५२ वटै सरकारी बिद्यालयमा निःशूल्क शिक्षा कायम गरिएको, भवन निर्माण सहीत गुणस्तीयर शिक्षाकालागि लगानी बढदै गएको उनले बताए । उनले शिक्षाको विकासमा आफु सदैव लागी पर्ने उनले बताए ।

सो अवसरमा वडा नम्बर १ का अध्यक्ष जाहिद खाँले आफनो वडा भित्र पर्ने पुरानो बिद्यालयको विकासमा वडाले समेत हातेमालो गर्दैै आएको बताए ।

उनले बिद्यालयमा भौतिक र अन्य विकासमा वडाको साथ रहने उनले बताए । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, वडा नम्बर ६ का अध्यक्ष रामजीत चौधरी, वडा नम्बर ७ का अध्यक्ष ईन्द्रमणी चौधरी वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा, वडा नम्बर ११ का अध्यक्ष रामगोपाल यादव, बिद्यालयका पुर्व बिद्यालय समाजका अध्यक्ष राजेश ज्ञवाली लागयतको सहभागीता रहेको थियो । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मैनुल्लाह खाको अध्यक्षता र प्रअ दिवाकर चौधरीको संचालनमा भएको थियो ।

सम्बन्धित् समाचार