गृहपृष्ठ Featured कपिलवस्तुकै सस्तो कपडा पसलका रुपमा पहिचान बनाउँदै ‘प्रांशु फेसन कलेक्शन’

कपिलवस्तुकै सस्तो कपडा पसलका रुपमा पहिचान बनाउँदै ‘प्रांशु फेसन कलेक्शन’

प्रकाशित मिति:

बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ दर्शन चोकमा १ महिना अघि सञ्चालनमा आएको प्रांशु फेसन कलेक्शन अहिले कपिलवस्तुको सस्तो कपडा पसलको पहिचान बनाउन सफल भएको छ ।

रुपैया ९० र १९० र २९० र३९० र ४९० र सो भन्दा माथिका स्थिर मूल्यमा बच्चा , महिला तथा पुरुष सबैका लागि उपलब्ध हुने गरी कपिलवस्तुमा सस्तो मुल्यमा हरेक किसिमका गुणस्तरीय कपडा सहितको सेवा सञ्चालनमा आएको हो ।

कपिलवस्तुको चारनम्बर, दर्शन चोकको पृथ्वीनारायण शाहको सालिक छेवैमा रहेको घरमा सञ्चालनमा आएको प्रांशु फेसन कलेक्शनले छेउमै रहेको सटरमा प्रांशु स्टेसनरी समेत सञ्चालनमा ल्याएको छ ।

जहाँ सम्पूर्ण तह र विषयका पुस्तक , स्टेसनरी , खेलकुद , गिफ्ट तथा खेलौनाका सामग्रीको सेवा उपलब्ध रहेको कलेक्शनका सञ्चालक बबिता शर्माले बताउनुभयो । वर्तमान समयमा युवा तथा व्यवसायीहरू परदेशिने अवस्था र आर्थिक मन्दीको समयमा समेत साहस गरेर आफूले स्वदेशमै व्यापार व्यवसायलाई प्रर्वद्धन गर्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याएको उहाँले बताउनु भयो ।

कपिलवस्तु जिल्लामा सस्तो कपडा पाइने पसलको रूपमा आफूहरूले पहिचान बनाउन सफल भएको उहाँले दाबी समेत गर्नुभयो ।

साथै उहाँले प्रांशु फेसन कलेक्सन, दर्शन चोक,कपिलवस्तुको छेवैमा प्रांशु स्टेसनरी सञ्चालनमा ल्याएका छौँ , विगतमा फेन्सी पसलमा तपाईंको साथ सहयोग र सेवाको अवसर मिलेजस्तै आगामी दिनहरूमा पनि दुवै पसलमा सेवाको मौका दिनुहोला समेत भन्नुभयो ।

सम्बन्धित् समाचार