बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भगवान् गौतम बुद्धका उपदेशलाई आत्मसात् गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन आग्रह गरेका छन्।
अखिल नेपाल भिक्षु महासंघको आयोजनामा लुम्बिनीमा सम्पन्न त्रिपिटक पाठ समारोहलाई सम्बोधन गर्दै उनले बुद्ध शिक्षाले विश्वलाई शान्ति र सहिष्णुताको मार्गमा अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका हुन्।